logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • भूपाल बराल नियुक्त भए राजस्व सचिव पदमा

    भूपाल बराल नियुक्त भए राजस्व सचिव पदमा

    1.8K
    SHARES
    भूपाल बराल नियुक्त भए राजस्व सचिव पदमा

    काठमाण्डौ । सरकारले डेढ महिनादेखि रिक्त रहेको अर्थ मन्त्रालयको राजस्व सचिव पदमा भूपाल बराललाई नियुक्त गरेको छ।



     

     

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशका प्रमुख सचिव रहेका बराललाई सरुवा गरी अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी दिएको हो।

     

     

    राजस्व प्रशासनमा लामो अनुभव भएका बराल यसअघि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका महानिर्देशकका रूपमा काम गरिसकेका छन्।

     

     

    सहसचिवका रूपमा रहँदा उनले अर्थ मन्त्रालयको बजेट महाशाखा, आर्थिक नीति विश्लेषण महाशाखा, र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको नेतृत्व गरेका थिए।

     

     

    अर्थ मन्त्रालयमा दुई सचिवको व्यवस्था रहे पनि पछिल्ला दिनमा राजस्वसम्बन्धी विषयहरू जटिल बन्दै गएपछि मन्त्रालयले अनुभवी प्रशासक बराललाई राजस्व सचिवको रूपमा जिम्मेवारी दिएको हो।

     

     


    अर्थ चौतारी
  • बुधबार, २६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट