logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • समृद्धि फाइनान्सको २४औँ वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

    समृद्धि फाइनान्सको २४औँ वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

    1.6K
    SHARES
    समृद्धि फाइनान्सको २४औँ वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

    काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। कात्तिक २५ गते आयोजित समारोहमा फाइनान्सका व्यवस्थापन समिति, कर्मचारी र ग्राहकहरूको सक्रिय सहभागिता रहेको थियो।



     

     

    कार्यक्रमका क्रममा सबै शाखाहरूमा केक काटी वार्षिकोत्सव मनाइएको थियो। कार्यक्रममा संस्थाको २४ वर्षको सेवा यात्रा, समुदायप्रतिको प्रतिबद्धता र ग्राहकहितका कार्यहरूमा जोड दिइएको फाइनान्सले जनाएको छ।

     

     

    हाल समृद्धि फाइनान्सले तेह्र शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स र क्लियरिङ लगायतका सेवा प्रदान गर्दै आएको छ। साथै, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडजस्ता डिजिटल सुविधा निशुल्क रूपमा उपलब्ध गराइरहेको छ।

    फाइनान्सले हालै पोखरा फाइनान्ससँग गाभिने प्रक्रिया सुरु गरेको जनाएको छ।

     


    अर्थ चौतारी
  • बुधबार, २६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट