logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व बुधबारदेखि नेपालसँग

    एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व बुधबारदेखि नेपालसँग

    988
    SHARES
    एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व बुधबारदेखि नेपालसँग

    काठमाण्डौ । थाइल्याण्डको बैंककमा बुधबार सम्पन्न भएको एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको (एडिपिसि) को बोर्ड अफ ट्रष्टिजको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरेको छ।



     

     

    यसअघि भारत सरकारको तर्फबाट त्यहाँको राष्ट्रीय आपदा प्रबंधन प्राधिकरणका प्रमुख राजेन्द्र सिंह अध्यक्ष थिए। अब भट्टले १ वर्ष संस्थाको बैठकको अध्यक्षता गर्नेछन्।

     

    बैठकमा ‍नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलंकाका सदस्यहरु सहभागिता रहेको थियो।

     

     

    एडिपिसिले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको लागि क्षमता अभिवृद्धि लगायतका क्षेत्रीय कार्यक्रमहरुको नेतृत्व गर्दै आएको छ। यी पहलहरु दीर्घकालीन उत्थानशीलता निर्माण गर्न नीतिगत समर्थन र बहुसरोकारवाला सहकार्यमा केन्द्रित छन्।

    एडिपीसी एक स्वायत्त अन्तर्राष्ट्रिय संस्था हो। यसको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ।


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट