logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • भदौ २३ र २४ घटनाबारेको छानबिनमा आयोग सक्रिय, तत्कालीन प्रहरी महानिरीक्षकको विदेश भ्रमणमा रोक

    भदौ २३ र २४ घटनाबारेको छानबिनमा आयोग सक्रिय, तत्कालीन प्रहरी महानिरीक्षकको विदेश भ्रमणमा रोक

    871
    SHARES
    भदौ २३ र २४ घटनाबारेको छानबिनमा आयोग सक्रिय, तत्कालीन प्रहरी महानिरीक्षकको विदेश भ्रमणमा रोक

    काठमाण्डौ । भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठन गरिएको आयोगले तत्कालीन नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ।



     

    आयोगले बिहीबार बसेको बैठकमा खापुङलाई छानबिनका क्रममा आयोगमा उपस्थित हुन अनुरोध गर्दै विदेश जान नपाउने तथा उपत्यका बाहिर जानुपूर्व अनुमति लिनुपर्ने निर्णय गरेको हो।

     

    प्रेस विज्ञप्तिअनुसार आयोगले घटनासम्बन्धी विस्तृत विवरणका लागि खापुङलाई आगामी मंसिर २ गते बिहान १० बजेभित्रमा उपस्थित हुन निर्देशन दिएको छ। साथै, आवश्यक सहयोग र विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई पनि आयोगले आह्वान गरेको छ।

     

    भदौ २३ र २४ गते देशभर भएका आन्दोलनका क्रममा मृत्यु र क्षतिको कारण पत्ता लगाउन सरकारको निर्णयअनुसार पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिएको हो।

     

    आयोगले घटनाबारे थप प्रमाण, कागजात र विवरण आयोगको इमेल ठेगाना sept8and9incident.ic@gmail.com
    मा पठाउन अनुरोध गरेको छ।


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट