logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • नेपाल माइक्रो इन्स्योरेन्सको ४४%ले बढ्यो नाफा, व्यापारमा उल्लेख्य प्रगति

    नेपाल माइक्रो इन्स्योरेन्सको ४४%ले बढ्यो नाफा, व्यापारमा उल्लेख्य प्रगति

    1.2K
    SHARES
    नेपाल माइक्रो इन्स्योरेन्सको ४४%ले बढ्यो नाफा, व्यापारमा उल्लेख्य प्रगति

    काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।



    वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ८२ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्म कम्पनीले ५६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४४.३४ प्रतिशतले बढेको छ।

     

    समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ६ लाख ५३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ४ करोड ४३ लाख ६० हजार रुपैयाँ र अन्य इक्विटीमा ९५ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४ लाख ३१ हजार रहेको थियो भने रिटेन्ड अर्निङ ५७ लाख रुपैयाँ र अन्य इक्विटी ९३ हजार रुपैयाँले ऋणात्मक थियो।

     

     

    चालु वर्षको असोजसम्म कम्पनीको बीमा कोषमा १९ करोड ५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा १७ करोड १९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १०.८१ प्रतिशतले बढेको छ।

     

     

    समीक्षा अवधिसम्म कम्पनीले ६ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८४.१० प्रतिशतले बढेको छ।

     

     

    कम्पनीले चालु वर्षको असोजसम्म २ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८४.०३ प्रतिशतले बढेको छ।

    शेयरपुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ४.३८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.४३ रुपैयाँ थियो। पीई रेसियो ३१४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०६.८९ रुपैयाँ रहेको छ।


    अर्थ चौतारी
  • शनिबार, २९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट