logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • उद्घाटन खेलमा साबिक विजेता जनकपुर रोयल्सको निराशाजनक प्रदर्शन, काठमान्डु गोर्खाज विजयी

    उद्घाटन खेलमा साबिक विजेता जनकपुर रोयल्सको निराशाजनक प्रदर्शन, काठमान्डु गोर्खाज विजयी

    1.6K
    SHARES
    उद्घाटन खेलमा साबिक विजेता जनकपुर रोयल्सको निराशाजनक प्रदर्शन, काठमान्डु गोर्खाज विजयी

    काठमाण्डौ । नेपाली प्रिमियर लिग (NPL) को उद्घाटन खेलमा साबिक विजेता जनकपुर रोयल्सले निराशाजनक प्रदर्शन गर्दै काठमान्डु गोर्खाजसँग ५ विकेटको हार बेहोरेको छ।



     

     

    कीर्तिपुरस्थित TU क्रिकेट मैदानमा जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरमै पूरा गर्‍यो। काठमान्डुका बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन बनाए भने आकाश त्रिपाठीले ४५ बलमा ३९ रन जोडे। मिलिन्दा कुमारले १९ रन बनाए।

     

     

    जनकपुरका किशोर महतो, ललितनारायण राजवंशी, जोन निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमुर्तिले एक–एक विकेट लिए।

     

     

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो। ओपनर आसिफ शेखले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रनको शानदार इनिङ्स खेले। तर मध्यक्रम कमजोर देखिएपछि जनकपुर ठूलो स्कोर बनाउन असमर्थ बन्यो। अन्त्यतिर मयन यादवले टोलीलाई उकास्ने प्रयास गर्दै उपयोगी रन जोडे।

     

     

    काठमान्डुका मिलिन्दा कुमारले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। शहाब आलम र सन्तोष यादवले पनि एक–एक विकेट लिए।


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार