logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • निफ्राले मंसिर २३ गते साधारणसभा बोलायो, बुक क्लोज मंसिर १२ मा

    निफ्राले मंसिर २३ गते साधारणसभा बोलायो, बुक क्लोज मंसिर १२ मा

    975
    SHARES
    निफ्राले मंसिर २३ गते साधारणसभा बोलायो, बुक क्लोज मंसिर १२ मा

    काठमाण्डौ । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते सातौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। साधारणसभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि शुरू हुनेछ।



     

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षककको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ।

     

    त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ। यस बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरिसकेको छ यद्यपि यो प्रस्ताव सभाका लागि समावेश भने गरिएको छैन।

     

    साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट