logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मौलाकाली केबलकार पुनःसञ्चालनमा, भक्तजन ढुक्क भएर यात्रा गर्न सक्ने

    मौलाकाली केबलकार पुनःसञ्चालनमा, भक्तजन ढुक्क भएर यात्रा गर्न सक्ने

    1.3K
    SHARES
    मौलाकाली केबलकार पुनःसञ्चालनमा, भक्तजन ढुक्क भएर यात्रा गर्न सक्ने

    नवलपुर (नवलपरासी) – गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ। बन्द भएको करिब दुई महिनापछि प्राविधिक परीक्षण सफल भएपछि अब केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने तयारी गरिएको छ।



     

    मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार आइतबार साँझ प्राविधिक परीक्षण सफल भएपछि नियमित सञ्चालनको तयारी अघि बढाइएको हो। “अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि केबलकार पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ,” उनले जानकारी दिए।

    जेनजी आन्दोलनका कारण तल्लो स्टेशन र उपकरणमा ठूलो क्षति पुगेको थियो। अष्ट्रियाबाट आएको विशेष प्राविधिक टोलीले एक हप्ता परीक्षण र मर्मत गरेपछि केबलकार सञ्चालनका लागि सुरक्षित भएको पुष्टि भएको पौडेलले बताए।

     

    गैँडाकोट–१ स्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी सञ्चालनमा आएको केबलकार बन्द भएपछि भक्तजनको उपस्थिति न्यून भएको थियो। धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार, अब केबलकार नियमित रूपमा सञ्चालनमा आएपछि दर्शनार्थीको संख्या बढ्ने अपेक्षा गरिएको छ।

    पछिल्लो समय मन्दिरमा धार्मिक साथै प्रकृतिप्रेमी पर्यटक आउने क्रम बढेको छ। सापकोटाका अनुसार, हिउँदमा मन्दिरबाट बिहानको कुहिरो र सूर्योदयको दृश्य, उत्तरतर्फ तनहुँ र गोरखाका पहाड तथा हिमाल हेर्न सकिन्छ।

     

    मौलाकालिका मन्दिर समुद्री सतहबाट ५६१ मिटर उचाइमा अवस्थित छ र नारायणघाट बजारबाट पाँच किलोमिटर पश्चिम–उत्तरमा पर्छ।

     


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट