logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित हस्पिटलाइजेसन सुविधा दिनेसम्बन्धी सम्झौता

    आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित हस्पिटलाइजेसन सुविधा दिनेसम्बन्धी सम्झौता

    2.3K
    SHARES
    आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित हस्पिटलाइजेसन सुविधा दिनेसम्बन्धी सम्झौता

    काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जावलाखेल ललितपुरमा रहेको अल्का अस्पतालबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पताल प्रा.लि.का वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरेका हुन् ।



     

    सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म अल्का अस्पताल प्रा.लि.बाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

     

    साथै सोही अवसरमा इन्स्योरेन्स नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अल्का अस्पतालले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

     

    सोही अवसरमा वित्त अधिकृत मुकुन्द भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि हुँदै गएको, कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट