logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्से १३.८० अंकले बढ्यो, ४अर्ब ६ करोड ५६ लाख १२ हजारको शेयर कारोबार

    नेप्से १३.८० अंकले बढ्यो, ४अर्ब ६ करोड ५६ लाख १२ हजारको शेयर कारोबार

    2.1K
    SHARES
    नेप्से १३.८० अंकले बढ्यो, ४अर्ब ६ करोड ५६ लाख १२ हजारको शेयर कारोबार

    काठमाण्डौ । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से सूचक १३.८० अंकले उक्लँदै २,५६४.१६ बिन्दुमा पुगेको हो।



     

     

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८० अकंले बढेर २५६४.१६ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ९१ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६ करोड ५६ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

     

     

    यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    मंगलबार २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

     

    पछिल्लो समय बजार सुस्त बन्दै गएको छ र लगानीकर्ता निरन्तर निराश देखिएका छन्। बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश प्रस्ताव गरे पनि बजारमा खासै चहलपहल देखिएको छैन। बैंकको ब्याजदर घट्न थालेको र नीतिगत सुधार भइरहेको भए पनि ठूलो प्रभाव परेको छैन।

     

     

    विश्लेषकका अनुसार राजनीतिक अनिश्चितता, आगामी आन्दोलनका चर्चा, केही बैंकको नाफा घट्नु र खराब कर्जा बढ्नु जस्ता कारणले लगानीकर्तामा सतर्कता बढाएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट