logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग मागे अनुमति

    लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग मागे अनुमति

    1.4K
    SHARES
    लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग मागे अनुमति

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। दुवै वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ऋणपत्र ल्याउने तयारी गरेका हुन्।



     

    लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी सनराइज डिबेन्चर–२०९२’ र आईसीएफसी फाइनान्सले ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ ल्याउन अनुमति मागेका छन्।

     

    धितोपत्र बोर्डले अनुमति दिएमा लक्ष्मी सनराइज बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

     

     

    यसैगरी धितोपत्र बोर्डको अनुमतिपछि आईसीएफसी फाइनान्सले १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट