logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेपाल सार्वभौम क्रेडिट रेटिङ ‘डबल बी माइनस’ कायम राख्न सफल

    नेपाल सार्वभौम क्रेडिट रेटिङ ‘डबल बी माइनस’ कायम राख्न सफल

    1.5K
    SHARES
    नेपाल सार्वभौम क्रेडिट रेटिङ ‘डबल बी माइनस’ कायम राख्न सफल

    काठमाण्डौ । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ कायम राख्न सफल भएको छ। गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ प्राप्त गरेको थियो।



     

    पछिल्ला महिनाहरुमा देखिएको सामाजिक–राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तताजस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरु पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रुपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ।

     

    चुनाव–केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरुलाई अवरोधरहित रुपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको छ। यसका साथै नेपालले प्राप्त गरेको यो रेटिङले मुलुकभित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट संकेत दिएको छ।

     

    मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्न यो रेटिङले मद्दत पुर्याउनेछ। विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्वपूर्ण सूचकका रुपमा रहेको हुन्छ।

     

    यस अवसरमा अन्तर्राष्ट्रिय विकास साझेदार, वैदेशिक लगानीकर्ता, निजी क्षेत्र तथा आमनागरिकले नेपाल सरकारप्रति देखाउनु भएको निरन्तर विश्वास र सहयोगका लागि अर्थ मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ। यसका साथै आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी, रोजगारी सिर्जना तथा सामाजिक–आर्थिक रुपान्तरणका साझा लक्ष्यहरुप्रति नेपाल सरकार दृढतापूर्वक प्रतिबद्ध रहेको छ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट