logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • यूएईद्वारा सरकारी तथा गैरसरकारी क्षेत्रका लागि आंशिक वर्किङ भिसा जारी

    यूएईद्वारा सरकारी तथा गैरसरकारी क्षेत्रका लागि आंशिक वर्किङ भिसा जारी

    728
    SHARES
    यूएईद्वारा सरकारी तथा गैरसरकारी क्षेत्रका लागि आंशिक वर्किङ भिसा जारी

    काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भिसामा कडाइ गरेको यूएईले आंशिक रूपमा सहज बनाएको हो ।



     

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले विशेष सेक्टरमा भिसा जारी भएको पाइएको बताए । उनका अनुसार सरकारी तथा गैरसरकारी क्षेत्रका वर्किङ भिसा जारी भइरहेको छ तर, अन्यको हकमा कुनै जानकारी दिइएको छैन। ‘पहिला बाँकी रहेकोहरूको जारी भइरहेको छ । त्यो बाहेक विशेष सेक्टरमा भिसा आइरहेको छ । सेमी गभर्मेन्ट तथा सरकारसँग जोडिएका कम्पनीहरूको भिसा एप्रुभल भइरहेको छ डिम्दोङले भने ‘स्पेशल अप्प्रुभल मात्रै भइरहेको छ ।’

     

     

    त्यस्तै भिजिट भिसाको हकमा समेत आंशिक मात्रै खुला गरिएको उनले बताए । यूएईले १६ नोभेम्बरमा मात्रै १८ जना नेपालीको भिसा जारी गरेको थियो । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार पूर्ण रूपमाा बन्द नभएको र आंशिक रूपमा भिसा जारी भइरहेको छ ।

     

     

    नेपालले भिसामा देखिएको असहजता हटाउन यूएई सरकारसँग निरन्तर छलफल तथा सम्बाद गरिरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले यस विषयमा सम्बन्धित निकायसँग समन्वय र छलफल चलिरहेको बताए ।


    अर्थ चौतारी
  • बुधबार, ३ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट