logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सर्वोत्तम सिमेन्टले डाक्यो सातौँ साधारणसभा, मंसिर १२ भन्दाअघि कायम शेयरधनीले पाउनेछन् २०% लाभांश

    सर्वोत्तम सिमेन्टले डाक्यो सातौँ साधारणसभा, मंसिर १२ भन्दाअघि कायम शेयरधनीले पाउनेछन् २०% लाभांश

    1.6K
    SHARES
    सर्वोत्तम सिमेन्टले डाक्यो सातौँ साधारणसभा, मंसिर १२ भन्दाअघि कायम शेयरधनीले पाउनेछन् २०% लाभांश

    काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा मंसिर २६ गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको निर्णय अनुसार सभा रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहान १० बजेबाट सुरु हुनेछ।



     

     

    कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्तापुँजीका आधारमा कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।

     

    यसअन्तर्गत–

    ५% बोनस शेयर : २४ करोड ८७ लाख ७५ हजार रुपैयाँ

    १५% नगद लाभांश (करसहित) : ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ

    कुल ९९ करोड ५१ लाख रुपैयाँ बराबरको लाभांश वितरण प्रस्ताव पारित हुने अपेक्षा गरिएको छ।

     

     

    बोनस शेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकाले प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षक प्रतिवेदन स्वीकृत गर्ने, चालु वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावहरू पनि सभामा पेश गरिनेछ।

    कम्पनीले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
    अर्थात् मंसिर १२ गतेभन्दा अघि शेयर किनेका तथा नाम दर्ता भएका शेयरधनीहरूले मात्र २०% लाभांश पाउनेछन् र साधारणसभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चौतारी
  • बुधबार, ३ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट