logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान

    962
    SHARES
    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान

    काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १७ औँ वार्षिक साधारणसभा डाकेको छ।



    बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा यही मंसिर २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सीकेमा अपराह्न १२ः३० बजेबाट सुरु हुनेछ।

     

    सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

     

    सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरको ढोका पनि खुला गर्नेछ। उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन वा सुझाव समेट्नसमेत सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

     

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेका चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

    सभा र लाभांश प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


    अर्थ चौतारी
  • शुक्रबार, ५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट