logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • राहदानी विभागले ७ लाख थान पासपोर्ट किन्दै

    राहदानी विभागले ७ लाख थान पासपोर्ट किन्दै

    1.1K
    SHARES
    राहदानी विभागले ७ लाख थान पासपोर्ट किन्दै

    काठमाण्डौ । राहदानी विभागले ७ लाख पासपोर्ट(राहदानी) खरिद गर्नका लागि फ्रान्सेली आपूर्तीकर्तासँग सम्झाैता गरेको छ।



     

     

    विभागका अनुसार, विभिन्न चरणको वार्ता पछि राहदानीको अभाव टार्नका लागि फ्रान्सेली कम्पनी आइडेमियासँग राहदानी खरिद गर्ने सम्झाैतामा सहमति भएको हो। पुरानै मूल्यमा पासपोर्ट छाप्ने गरी खरिद सम्झाैता भएको छ। यो सहमतिसँगै अब छोटो समयमै राहदानीको अहिले तत्काल देखिएको अभाव टर्नेछ।

     

    विभागले शुक्रबार साँझ जारी गरेको विज्ञप्ती अनुसार, तीन साताभित्र पहिलो चरणको राहदानी नेपाल आइपुग्नेछ।

     

     

    यसअघि राहदानीको मौज्दात सकिँदै गएको कारण जनाउँदै विभागले दैनिक १ हजार राहदानी मात्र जारी गरिरहेको थियो। विभागले राहदानी वितरणमा दैनिक कोटा निर्धारण गरिदिंदा उच्च शिक्षा वा रोजगारीका लागि विदेश जाने तयारीमा रहेका सर्वसाधारणहरू अन्याैलपूर्ण अवस्थामा धकेलिएका थिए।

     

     

    राहदानी खरिद गर्नका लागि विभागलाइ स्वीकृति दिने निर्णय शुक्रबार अपरान्ह मन्त्री परिषद बैठकले गरेको थियो।

    गत भदाै २३ र २४ गते जेनजी आन्दोनलका क्रममा प्रदर्शनकारीले राहदानी विभाग, परराष्ट्र मन्त्रालय, देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा तोडफोड र आगजनी गर्दा ठूलो संख्यामा राहदानी नष्ट भएको थियो।

     


    अर्थ चौतारी
  • शनिबार, ६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट