logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • प्रभु बैंकका सीईओसँगै डिसिईओ मनिराम पोख्रेल पनि पक्राउ

    प्रभु बैंकका सीईओसँगै डिसिईओ मनिराम पोख्रेल पनि पक्राउ

    1K
    SHARES
    प्रभु बैंकका सीईओसँगै डिसिईओ मनिराम पोख्रेल पनि पक्राउ

    काठमाण्डौ । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (DCEO) मनिराम पोख्रेललाई पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। आइतबार साँझ सीआईबीको टोलीले बैंकिङ कसुर आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।



     

    यसअघि केही समयअगाडि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचन पक्राउ परेका थिए। शेरचनलाई पक्राउ गर्न गएको सीआईबीको टोलीले अपरेसनकै क्रममा पोख्रेललाई पनि पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक तथा सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले पुष्टि गरेका छन्।

     

    प्रहरीका अनुसार दुवै जनाको पक्राउ पछाडि प्रभु म्यानेजमेन्ट प्रालि, सहकारीहरूमार्फत भएको शंकास्पद रकम कारोबार, विप्रेषण आवरणमा हिनामिना र बैंकिङ कानुनविपरीतका गतिविधिबारे भइरहेको छानबिन जोडिएको प्रारम्भिक जानकारी छ।

     

    सीआईबीको टोली अझै अपरेसनमै रहेको र थप विवरण आउने बाँकी रहेको प्रवक्ता श्रेष्ठले बताएका छन्।


    अर्थ चौतारी
  • आइतबार, १४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट