logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा के–के आयो नीतिगत परिवर्तन ? (पूर्णपाठसहित)

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा के–के आयो नीतिगत परिवर्तन ? (पूर्णपाठसहित)

    1.7K
    SHARES
    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा के–के आयो नीतिगत परिवर्तन ? (पूर्णपाठसहित)

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थासम्बन्धी महत्वपूर्ण व्यवस्थाहरु ल्याएको छ।



     

    त्यसअनुसार, ब्याजदर करिडोरको माथिल्लो सीमा घटाई ६.०० प्रतिशतबाट ५.७५ प्रतिशत कायम गरिएको छ भने नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशत कायम हुनेछ। तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत यथावत राखिनेछ।

     

    त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा कम्तीमा १ प्रतिशत कम राख्नुपर्ने नियम हटाइनेछ। व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिनेछ।

     

    लघुवित्त संस्थाबाट धितोमा प्रवाहित कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरिएको छ ।

    साथै, कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था र बाढी तथा पहिरो प्रभावित व्यवसायका लागि न्यूनतम १० प्रतिशत ब्याजमा पुनरसंरचना पुनरतालिकीकरण गर्न सकिने व्यवस्था लागू हुनेछन्।

     

    https://www.nrb.org.np/contents/uploads/2025/12/MP-2082-83-1st-Quarter-Review.pdf

    MP-2082-83-1st-Quarter-Review

     

     

     

     

     

     

     

     

     

     

     

     


    अर्थ चौतारी
  • सोमबार, १५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट