काठमाण्डौ । इक्रा नेपालले विजय लघुवित्त वित्तीय संस्थाको क्रेडिट रेटिङ बी प्लसबाट घटाएर बी मा झारेको छ। यससँगै संस्थालाई ‘नकारात्मक प्रभावको निगरानी’ मा राखिएको छ, जसले कम्पनीले आफ्नो वित्तीय दायित्व समयमा पूरा गर्न कठिनाइ हुन सक्ने संकेत गर्छ।
इक्रा नेपालका अनुसार कम्पनीको खराब कर्जा १३.६% र ढिला भुक्तानी दर करिब ३३% पुगेको छ, जुन विगतको तुलनामा धेरै उच्च हो। यसले कम्पनीको सम्पत्ति गुणस्तर कमजोर बन्दै गएको स्पष्ट भएको छ।
कम्पनीको पूँजी तथा जोखिमयुक्त सम्पत्ति अनुपात ९.६% रहेको छ, जुन नियामक न्यूनतम ८% भन्दा अलि मात्र बढी हो। विशेषज्ञका अनुसार, यो स्तरले निकट भविष्यमा आउने वित्तीय चुनौती सामना गर्ने क्षमतामा प्रश्न उठाउँछ।
यस्तै, चालु आर्थिक वर्षमा कम्पनीको औसत ऋण आकार पनि ११% ले बढेर १७३,७५० रुपैयाँ पुगेको छ, जुन उद्योग औसतभन्दा उच्च हो।
अर्थ चौतारी ।