logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले लाभांश नदिने, फेरि ल्यायो हकप्रदको प्रस्ताव

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले लाभांश नदिने, फेरि ल्यायो हकप्रदको प्रस्ताव

    1.8K
    SHARES
    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले लाभांश नदिने, फेरि ल्यायो हकप्रदको प्रस्ताव

    काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गतेको लागि आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको हो।



     

     

    कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । तर कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि फेरि ल्याएको छ। कम्पनीले साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत हाल कायम चुक्ता पुँजी ७५ करोडको १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको छ। हकप्रद जारी गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुने छ।

     

     

    कम्पनीले यस अघि २०८१ चैत्र १८ गते १०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेर वैशाख ५ गते विशेष साधारणसभा बोलाएको थियो। त्यस समय बीमा प्राधिकरणले आईपीओ निकालेको केही समय मात्र भएको र बिना अनुमति हकप्रद निकाल्न लागेको भन्दै हकप्रद र विशेष साधारणसभा स्थगित गरिदिएको थियो।

     

     

    त्यसको ८ महिनापछि कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने प्रस्ताव ल्याएको छ र यस पटक नियमित साधारणसभा मै सो प्रस्ताव लैजाने तयारी गरेको छ ।


    अर्थ चौतारी
  • सोमबार, २२ मंसिर २०८२
  • सम्बन्धित समाचार