काठमाण्डौ । स्टक ब्रोकर्स एशोसियसन अफ नेपालले ब्रोकर्स सापटी कोष सञ्चालनको तयारी गरेको छ । संघले पुस २६ गते बोलाएको साधारणसभामा ब्रोकर्स सापटी कोष सञ्चालनका सम्बन्धमा कार्यविधि तथा निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव लैजान लागेको हो। साधारणसभाले पारित गरेपछि ब्रोकर्स सापटी कोष सञ्चालनको बाटो खुल्ने छ ।
संघको साधारणसभामा एशोशियसनको तर्फबाट अध्यक्षको आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , एशोशियसनको आ.ब. २०८१/०८२ को वासलात, आयव्ययको हिसाब सहितको लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , एशोशियसनको तर्फबाट कोषध्यक्षको आ.ब. २०८१ / ०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ ।
सभाले आ.ब. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक पनि निर्धारण गर्ने छ ।
अर्थ चौतारी ।