logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • एमालेको कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)

    एमालेको कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)

    2K
    SHARES
    एमालेको कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)

    काठमाण्डौ । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्क सार्वजनिक गरिएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न पदका उम्मेदवारले तोकिएको शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।



    एमालेले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्दा १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, केन्द्रीय पदाधिकारी पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्नेछ।

     

    केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ। यसैगरी, केन्द्रीय आयोग अध्यक्ष पदका लागि १० हजार रुपैयाँ तथा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। हाल भृकुटीमण्डपमा एमालेको निर्वाचन प्रक्रिया जारी रहेको छ भने तोकिएका पदमा उम्मेदवारी दिन इच्छुक नेताहरू दर्ता प्रक्रियामा सहभागी भइरहेका छन्।

     

    597289969_727865543700198_2789012262556249024_n

    केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी कार्यतालिका अनुसार आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

     

    दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

     

    निर्वाचन तालिकाअनुसार भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ। एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आइतबारदेखि बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट