logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • काठमाण्डौ महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने

    काठमाण्डौ महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने

    1.8K
    SHARES
    काठमाण्डौ महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी किनार र अतिक्रमणको जोखिममा रहेका सार्वजनिक जग्गाहरूको संरक्षणका लागि तारबार गर्ने भएको छ । महानगरको सार्वजनिक निर्माण विभागले एक सूचना जारी गर्दै यससम्बन्धी कार्य अघि बढाएको हो ।



     

    विभागले महानगरपालिका अन्तर्गतका सबै ३२ वटै वडाहरूलाई पत्राचार गरी तारबार गर्नुपर्ने आवश्यक खोला किनार र सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार ‘कोरिडोर फेन्सिङ वक्र्स’ सञ्चालन गर्न लागिएको पत्रमा उल्लेख छ ।

     

     

    विभागका विभागीय प्रमुख सुरेश कुमार राईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘विभिन्न वडा (१–३२) का खोला किनार तथा सार्वजनिक जग्गा संरक्षण कार्यका लागि आवश्यक खरिद प्रक्रिया सम्पन्न गरी योजना कार्यान्वयनका क्रममा रहेको हुँदा, तहाँ वडा क्षेत्र भित्र सुधार एवं संरक्षण आवश्यक रहेका खोला किनार एवं सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’

     

    यो योजना कार्यान्वयनका लागि आवश्यक खरिद प्रक्रिया सुरु भइसकेको र अब वडाहरूबाट विवरण प्राप्त हुनासाथ काम अघि बढाइने महानगरले जनाएको छ ।

     


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट