काठमाण्डौ । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ६६ अंकले घटेर २,६१५ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीको शेयर करोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको १६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.४८ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.५५ प्रतिशतले घटेको छ। यो दिन बजारमा ६३ कम्पनीको शेयरभाउ बढेको छ भने १९४ कम्पनीको घटेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बाराही हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
अर्थ चौतारी ।