logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

    ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

    1.9K
    SHARES
    ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

    काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेका छन्।



     

     

    संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

     

    जसमा ४.७५ प्रतिशतले हुन आउने २ करोड ९३ लाख ९७ हजार ७५२.१४ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने १५ लाख ४७ हजार २५०.११ रुपैयाँबराबरको नगद लाभांश छन्।

     

     

    यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


    अर्थ चौतारी
  • आइतबार, ६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट