logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेप्सेको ८५ प्रतिशत लाभांश घोषणा, पुस २९ गते डाक्यो सेयरधनी भेला

    नेप्सेको ८५ प्रतिशत लाभांश घोषणा, पुस २९ गते डाक्यो सेयरधनी भेला

    1.1K
    SHARES
    नेप्सेको ८५ प्रतिशत लाभांश घोषणा, पुस २९ गते डाक्यो सेयरधनी भेला

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्से सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब रुपैयाँको करसहित ८५ प्रतिशतका दरले ८५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



     

    लाभांश पारित गर्न नेप्सेले पुस २९ गते ४४औँ वार्षिक साधारण सभा नेप्से युएनआई शान्तिमार्ग, काठमाण्डौमा बिहान ११ बजे बोलाएको छ ।

     

     

    नेप्सेको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, इक्विटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्नेछ ।

     

    साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लागि महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त हुने लेखापरीक्षकलाई नेप्सेको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा निजको पारिश्रमिक र सेवा, शर्त तोक्नेछ ।

     

    नेप्सेले आर्थिक वर्ष २०८०/८१ मा ७५ प्रतिशतका दरले ७५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ६४ प्रतिशतका दरले ६४ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा १ सय प्रतिशतका दरले १ अर्ब रुपैयाँ लाभांश वितरण गरेको थियो ।


    अर्थ चौतारी
  • सोमबार, ७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट