logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा सम्पन्न

    नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा सम्पन्न

    1.2K
    SHARES
    नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा आज काठमाण्डौको होटल न्याडिसन, लाजिम्पाटमा सम्पन्न भएको छ । सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।



     

    साधारण सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्रीले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रस्तुत प्रतिवेदनमा संघका गतिविधि, बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौतिहरु तथा भावी कार्ययोजनाका बारेमा चर्चा गरिएको थियो ।

     

    सभाले आर्थिक वर्ष २०८१–८२ को लेखापरिक्षण प्रतिवेदन, आय(व्यय विवरण, आगामी कार्ययोजना तथा कार्यक्रमहरु सर्वसम्मत रुपमा पारित गरेको छ । साथै, बीमा क्षेत्रको सुदृढीकरण तथा बीमा पहुंच विस्तारका विषयमा निर्णयहरु समेत गरेको छ ।

     

    कार्यक्रमको अन्त्यमा अध्यक्ष विरेन्द्र बैदवार क्षेत्रीले सभामा उपस्थित सम्पूर्ण सदस्य, अतिथि तथा सहयोगी निकायहरुलाई धन्यवाद ज्ञापन गर्दै संघको २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको घोषणा गरेका थिए ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट