logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • हिसानको अध्यक्षमा शर्मा विजयी

    हिसानको अध्यक्षमा शर्मा विजयी

    1.1K
    SHARES
    हिसानको अध्यक्षमा शर्मा विजयी

    काठमाण्डौ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् ।



    यही पुस ११ र १२ गते काठमाण्डौमा सम्पन्न महाधिवेशनका अवसरमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी शर्माले १६० र प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

     

    नवनिर्वाचित शर्मा निवर्तमान उपाध्यक्ष र भण्डारी निवर्तमान महासचिव हुन् ।

    यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा टङ्कराज आचार्य र डा। स्वागत श्रेष्ठ, महासचिवमा रामहरि सिलवाल र कोषाध्यक्षमा शिव अधिकारी विजयी भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष रमेशकुमार सिलवालले बधाई दिएका थिए ।

     

    महाधिवेशनको उपराष्ट्रपति रामसहायप्रसाद यादवले शनिबार उद्घाटन गरेका थिए ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट