logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • प्रिक्साले किन्यो दैलो कृषि, विश्वासिलो खाद्य प्रणाली बनाउने लक्ष्य

    प्रिक्साले किन्यो दैलो कृषि, विश्वासिलो खाद्य प्रणाली बनाउने लक्ष्य

    1K
    SHARES
    प्रिक्साले किन्यो दैलो कृषि, विश्वासिलो खाद्य प्रणाली बनाउने लक्ष्य

    काठमाण्डौ । नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो र सुरक्षित बनाउने उद्देश्यले प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यो कदमसँगै अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल र खाद्यान्न कहाँ उत्पादन भयो, कसरी आयो भन्ने कुरा उपभोक्ताले सजिलै थाहा पाउन सक्ने प्रणाली विकास गरिने प्रिक्साले जनाएको छ।



     

     

    प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्मा का अनुसार नेपालमा खाद्य क्षेत्रमा विश्वासको ठूलो अभाव छ । “हामी जे खान्छौँ, त्यसमा भरोसा हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो,” उनले भने । नेपाललाई केवल बजार नभई नयाँ प्रणाली विकास गर्ने प्रयोगशालाका रूपमा हेरेर काम गरिरहेको पनि उनको भनाइ छ ।

     

     

    दैलो कृषि किसान र सहकारीसँग मिलेर सिधै उपभोक्ताको घरसम्म ताजा र प्रमाणित कृषि उपज पु¥याउँदै आएको प्लेटफर्म हो। यसको संस्थापक धीरज चापागाईं को नेतृत्वमा दैलो कृषिले उत्पादनको स्रोत खुल्ने (ट्रेसिबल) प्रणालीमा काम गर्दै आएको छ ।

     

     

    प्रिक्साले दैलो कृषि किनेपछि तुरुन्तै नाम परिवर्तन गर्ने वा आक्रामक विस्तार गर्नेभन्दा पनि दीर्घकालीन रूपमा कृषि क्षेत्रमा विश्वासिलो, पारदर्शी र दिगो पूर्वाधार निर्माणमा ध्यान दिने जनाएको छ । यस अधिग्रहणलाई नेपालमा खाद्य सुरक्षा, किसानको सशक्तीकरण र उपभोक्ताको आत्मविश्वास बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट