काठमाण्डौ । नेपालका १४ देशका २७ एयरलाइन्स कम्पनीका विमान नेपाल आउने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एसियादेखि युरोपसम्मका देशबाट नेपालमा उडान भर्ने गरेका हुन् । नेपालमा तीन सहित ३० एयरलाइन्सले उडान भर्ने गरेका छन् ।
प्राधिकरणका अनुसार नेपालमा हाल सबैभन्दा धेरै उडान भारतीय र चिनियाँ कम्पनीले भर्ने गरेका छन् । भारतबाट एयर इन्डिया, इन्डिगो एयरलाइन्स, स्पाइस जेट, एयर इन्डिया एक्सप्रेस समेत गरी चार विमानले नेपालमा उडान भर्दै आएका छन् । त्यस्तै, चिनियाँ एयरलाइन्स कम्पनीहरू एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथन एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान भरिरहेका छन् ।
त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) र थाइल्यान्डबाट तीन तीन एयरलाइन्सले नेपालमा उडान गर्दै आएका छन् । युएईका फ्लाइ दुबई, एयर अरेबिया र एयर अरेबिया अरेबिया अवुधावीले उडान भर्दै आएका छन् ।
त्यस्तै, मलेसिया, कुवेत र भुटानका दुई/दुई एयरलाइन्सले उडान गर्दै आएका छन् । मलेसियाबाट बाटिक एयर र मलेसिया एयरलाइन्स, कुवेतबाट जजिरा एयरवेज र कुवेर एयरवेज तथा भुटानबाट ड्रुक एयर र तासी एयरले नेपालमा उडान अनुमति पाएका छन् ।
बाँकी ७ देशका कम्पनीका एक÷एक एयरलाइन्सले उडान नेपालमा उडान गर्ने गरेका छन् । कतारबाट कतार एयरवेज, दक्षिण कोरियाबाट कोरियन एयर, टर्कीबाट टर्किस एयरलाइन्स, श्रीलङ्काबाट श्रीलङ्कन एयरलाइन्स, सिंगापुरबाट सिंगापुर एयरलाइन्स, बङ्गलादेशबाट विमान बङ्गलादेश तथा हङकङबाट क्याथी प्यासिफिक एसियाले नेपालमा उडान गरिरहेका छन् ।
नेपाली विमान कम्पनीहरू नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दा बुद्ध एयरले पनि भारतका विभिन्न सहरमा उडान गर्दै आएका छन् ।
अर्थ चौतारी ।