logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

    नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

    1.2K
    SHARES
    नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

    काठमाण्डौ । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३२३ वटा कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्रीनगरको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । शुभम पावरका लगानीकर्ताले २ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, २३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट