logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • अब राजनीतिक जीवन सुरु भएको कुलमानको घोषणा

    अब राजनीतिक जीवन सुरु भएको कुलमानको घोषणा

    1K
    SHARES
    अब राजनीतिक जीवन सुरु भएको कुलमानको घोषणा

    काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु भएको घोषणा गरेका छन् ।



    बुधबार मन्त्री पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘भोलिदेखि नै मेरो नयाँ राजनीतिक जीवन सुरु हुन्छ । मन्त्रालयको कोठामा बसेर मात्र होइन, अब जनताको बिचमा गएर देश परिवर्तनको नेतृत्व गर्ने मेरो संकल्प छ ।’ उनले जेन–जी आन्दोलनको भावना र जनअपेक्षा पूरा गर्न आफू अब दलीय राजनीतिमा होमिएको स्पष्ट पारे । केही अघि उनले उज्यालो नेपाल पार्टी रास्वपामा मिलाएका थिए ।

    घिसिङले आफू कुनै पनि पार्टीको सदस्यता नलिईकनै सरकारमा सहभागी भएको भए पनि अब औपचारिक रूपमा रास्वपासँगको सहकार्यमा अघि बढ्ने संकेत गरे । उनले आफ्नो ‘उज्यालो नेपाल अभियान’ लाई राजनीतिक रूपमा थप सशक्त बनाउन र सुशासन कायम गर्न निर्वाचनमा होमिने घोषणा गरे ।

    ११५ दिन पदमा बहाल रहेका कुलमानले जाँदाजाँदै भने– यो भाग्ने निर्णय होइन (पूर्णपाठ)

    पत्रकार सम्मेलनमा उनले पदभन्दा आत्मसम्मान ठूलो हुने र जनभावना नै आफ्नो शक्तिको स्रोत रहेको बताए । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिने मन्त्रीहरूलाई पद त्याग्न दिएको निर्देशनको सम्मान गर्दै उनले मार्ग प्रशस्त गरेका हुन् ।


    अर्थ चाैतारी
  • विहिबार, २४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट