logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेप्सेमा सामान्य अंकको सुधार, कारोबार घट्यो

    नेप्सेमा सामान्य अंकको सुधार, कारोबार घट्यो

    1.3K
    SHARES
    नेप्सेमा सामान्य अंकको सुधार, कारोबार घट्यो

    काठमाण्डौ । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अंकले बढेर २६४०.५४ बिन्दुमा रोकिएको छ ।



    अघिल्लो कारोबार दिन बुधबार भने नेप्से १३.३५ अंकले घटेर २६३५.९४ बिन्दुमा खुम्चिएको थियो ।

    बिहीबार नेप्सेमा कुल ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार भने नेप्सेमा ५ अर्ब १३ करोड माथिको कारोबार भएको थियो ।

    बिहीबार कारोबारमा आएकामध्ये १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घटेको छ । यस्तै, १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।


    अर्थ चाैतारी
  • विहिबार, २४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट