काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।
कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा आयोजित सभाले आर्थिक वर्ष २०८१÷०८२ को वित्तीय विवरण पनि पारित गरेको छ भने आर्थिक वर्ष २०८२÷०८३ को लागि लेखापरीक्षक नियुक्ति पनि गरेको छ ।
सभामा कम्पनीका अध्यक्ष मुलले आर्थिक वर्ष २०८१÷०८२ मा कम्पनीले खुद ५० करोड २ लाख ४८ हजार ५२३ मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । त्यसैगरी, यस आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ को दाबी भुक्तानी गरेको पनि जानकारी गराइएको छ ।
अर्थ चाैतारी ।