logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा

    923
    SHARES
    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा

    काठमाण्डौ । स्वास्थ्य संस्थाहरुको दाबी भुक्तानीको दायित्व बढेपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले राजीनामा दिएका छन्।



    काफ्लेले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन्। उनी तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

    पछिल्लो समय दाबी भुक्तानी नपाएको भन्दै त्रिवि शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्रजस्ता ठूला सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि बीमा बोर्डमाथि दबाब सिर्जना भएको थियो। अझै कतिपय अस्पतालले भुक्तानी नपाएकोले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसक्ने भन्दै दबाब दिन थालेपछि काफ्लेले राजीनामा दिएको हुन सक्ने बोर्ड स्रोत बताउँछ।

    बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले कार्यकारी निर्देशक काफ्लेले आज मन्त्रालय राजीनामा दिएको पुष्टि गरे। ‘उहाँले राजीनामा दिनुभएको हामीले सुनेका छौँ’, उनले भने, ‘तर, के कारणले राजीनामा दिनुभयो, त्यो भने हामीले थाहा पाएका छौँ। उहाँले मन्त्रालयमै कारणसहित राजीनामा दिनुभएको हुन सक्छ।’

    पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममा जनताको सहभागिता बढ्दै गएको छ। तर, दाबी भुक्तानीकै विषयमा असन्तुष्टि जनाउँदै अस्पताललहरुले सेवा प्रवाहमा चासो नदिन थालेपछि बीमितहरु मर्कामा परिररहेका छन्।

    उता सरकारले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा खासै चासो नदिएको देखिन्छ।


    अर्थ चाैतारी
  • आइतबार, ४ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट