logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सेयर बजारमा गिरावट, कारोबार पनि घट्यो

    सेयर बजारमा गिरावट, कारोबार पनि घट्यो

    1.3K
    SHARES
    सेयर बजारमा गिरावट, कारोबार पनि घट्यो

    काठमाण्डौ । सेयर बजार परिसूचक ९.४३ अंकले घटेको छ । बुधबार बजार घटेर २७०५.३८ विन्दुमा झरेको हो । मंगलबार ४२ अंक भन्दा धेरैले बढेर ५ महिनायताकै उच्च विन्दुमा पुगेको बजारले आज करेक्सनको बाटो लिएको हो।



    बजारसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ११ अर्ब ८५ करोडको कारोबार भएको थियो । बुधबार करेक्सनपछि ८ अर्ब ९२ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज २ करोड १६ लाख कित्ता खरिदबिक्री भएका छन् ।

    यस दिन ८२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा घटेको छ । ‍तीनवटा कम्पनीको मूल्यमा घटबढ भएको छैन ।

    आज सबैभन्दा धेरै कालिका पावर कम्पनी ९.८४, नारायणी विकास बैंक ९.१६ प्रतिशतले बढेको छ । त्यसैगरी गुराँस लघुवित्त ५.८९, मञ्जुश्री फाइनान्स ४.६४, एचएलआई लार्ज क्याप फन्ड ४.५० घटेका छन् ।

    आज आँखुखोला जलविद्युत् ४३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट ३५ करोड, हिमालयन रिइन्स्योरेन्स ३३ करोड, युनाइटेड मोदी हाइड्रोपावर २८ करोड ९७ लाख र राधी विद्युत् २८ करोड २५ लाखको कारोबार भएका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट