logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई एनआईसीले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने

    सूर्यज्योति लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई एनआईसीले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने

    1K
    SHARES
    सूर्यज्योति लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई एनआईसीले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने

    काठमाण्डौ । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ ।



    काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका हुन् ।

    यसबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर प्राप्त गर्दै निजहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न थप सहज बनाउनेछ ।

    बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट