logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • किसानलाई बीमाप्रति सचेत गराउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    किसानलाई बीमाप्रति सचेत गराउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    1.1K
    SHARES
    किसानलाई बीमाप्रति सचेत गराउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुर जिल्लाको रौतामाई नगरपालिका–७ स्थित सभा हलमा कृषि, पशुपक्षी तथा विपद् बीमा जोखिम न्यूनीकरणसम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।



    कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका–७ का वडा अध्यक्ष मनोजकुमार राणा मगरको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो । कार्यक्रमको सञ्चालन गाईघाट शाखा प्रमुख धनबहादुर कटुवालले गरेका थिए ।

    कार्यक्रममा स्थानीय कृषि तथा पशु प्राविधिक, कार्यालयका कर्मचारी, प्रतिनिधि तथा अगुवा कृषकसहित ४० जनाको सहभागिता रहेको थियो ।

    कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपक्षी बीमाको प्रक्रिया, दाबीसम्बन्धी व्यवस्था तथा बीमाबाट हुने जोखिम न्यूनीकरणका विषयमा सहभागीलाई महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।


    अर्थ चाैतारी
  • बुधबार, १४ माघ २०८२
  • सम्बन्धित समाचार