logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • बजारमा ग्यास अभाव र तेलको मूल्यबारे विभागको ध्यानाकर्षण, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने

    बजारमा ग्यास अभाव र तेलको मूल्यबारे विभागको ध्यानाकर्षण, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने

    1.4K
    SHARES
    बजारमा ग्यास अभाव र तेलको मूल्यबारे विभागको ध्यानाकर्षण, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने ग्यासको अभाव र खाने तेलको मूल्यवृद्धिको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागका निर्देशक नरहरि तिवारीले बजारमा देखिएको समस्याबारे विभागले अनुगमन तथा विश्लेषण गरिरहेको जानकारी दिएका छन् ।



    पछिल्लो समय बजारमा ग्यासको अभाव भएको र खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो उपभोक्ताबाट आएपछि विभागले सक्रियता देखाएको हो । निर्देशक तिवारीका अनुसार विभागले अहिले विशेष गरी खाने तेल र ग्यासको आपूर्तिको अवस्थाबारे सुक्ष्म अध्ययन गरिरहेको छ।

    निर्देशक तिवारीले अहिले नेपालभित्र बाटोघाटो अवरोध वा कुनै ठुलो विपद्को समय नभएको भए पनि अन्तर्राष्ट्रिय बजारका कारण समस्या देखिएको हुन सक्ने बताए ।

    उनले अमेरिकी डलरको भाउ बढेर १४८ रुपैयाँ पुगेको र अन्तर्राष्ट्रिय व्यापारमा देखिएका नीतिगत परिवर्तन (ट्रेड वार रट्यारिफ) का कारण बाहिरैबाट आपूर्ति शृङ्खलामा समस्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

    ‘अहिले चुनाव वा विपद्को कारणले सामान रोकिनुपर्ने अवस्था छैन,’ तिवारीले भने, ‘तर भन्सार तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा ग्यास आयातमा केही कमी देखिएको छ । भारतमा पनि केही समस्या रहेको बुझिएको छ ।’

    बजारमा देखिएको अस्थिरताको फाइदा उठाउँदै कुनै पनि व्यापारी वा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्न खोजे कडा कारबाही गरिने बताए।

    निर्देशक तिवारीले भने, ‘बजारलाई आतङ्कित बनाउने काम कसैले गर्नु हुँदैन । यदि कसैले आपूर्ति शृङ्खलामा अवरोध गर्ने, कार्टेलिङ गर्ने वा अस्वाभाविक मूल्य वृद्धि गरेर फाइदा लिन खोजेको अनुगमनमा भेटिएमा कानुन बमोजिम कडा कारबाही हुनेछ ।’


    अर्थ चाैतारी
  • बुधबार, १४ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट