logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • आईएमई लाइफको एएमएल/सीएफटी तालिम सम्पन्न

    आईएमई लाइफको एएमएल/सीएफटी तालिम सम्पन्न

    1.2K
    SHARES
    आईएमई लाइफको एएमएल/सीएफटी तालिम सम्पन्न

    काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सी लिडरहरुलाई नेशनल एन्टिमनि लण्डरिङ्ग डे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ ।



    जीवनबीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान एवम रोकथाम र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका एवम निर्देशनहरू, लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।

    सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून पालनाले कम्पनीको सुशासन सवल बनाउन र ग्राहकको विश्वास बढाउन सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ ।

    तालिम कार्यक्रमको समापनमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्पूर्ण अभिकर्तासाथीहरुलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाहरुलाई पूर्णरुपमा पालना गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए ।


    अर्थ चाैतारी
  • विहिबार, १५ माघ २०८२
  • सम्बन्धित समाचार