logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • भारतमा आज बजेट सार्वजनिक हुँदै, लगातार ९ औं बजेट भाषण गरेर इतिहास रच्दै निर्मला

    भारतमा आज बजेट सार्वजनिक हुँदै, लगातार ९ औं बजेट भाषण गरेर इतिहास रच्दै निर्मला

    884
    SHARES
    भारतमा आज बजेट सार्वजनिक हुँदै, लगातार ९ औं बजेट भाषण गरेर इतिहास रच्दै निर्मला

    काठमाण्डौ । भारत सरकारले आज आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले संसदमा आर्थिक वर्ष २०२६–२७ को लागि संघीय बजेट पेश गर्न लागेकी हुन्।



    भारतीय संचारमाध्यमहरुका अनुसार आजको बजेटले भारतको आर्थिक दिशालाई निर्देशित गर्दै विभिन्न क्षेत्रहरूमा सुधार र विकासका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ। आर्थिक सर्वेक्षण २०२६ अनुसार, भारतको अर्थव्यवस्था आर्थिक वर्ष २०२७मा  ६.८% देखि ७.२% सम्म बढ्ने अनुमान गरिएको छ, जसमा ७% को औसत वृद्धिदर सम्भावित छ।

    बजेटका मुख्य प्राथमिकताहरूमा उत्पादकत्व-आधारित वृद्धि, एमएसएमई (साना तथा मझौला उद्योगहरू) लाई समर्थन,  कर प्रणालीको सरलीकरण र घरेलु व्यवसायहरूलाई फाइदा पुग्ने उपायहरू समावेश हुन सक्ने बताईएको छ। यसबाहेक, पूर्वाधार विकास, विद्युतीय सवारी (ईभी), नवीकरणीय ऊर्जा, कृषि, ग्रामीण विकास र रोजगारी सृजना जस्ता क्षेत्रहरूमा विशेष जोड दिइने अपेक्षा गरिएको बह्रतीय संचारमाध्यमहरुले बताएका छन्।

    सरकारले निजी लगानीलाई प्रोत्साहन गर्ने, निर्यात बढाउने र वैश्विक मूल्य शृंखलामा भारतको भूमिकालाई मजबुत बनाउने नीतिहरू ल्याउने सम्भावना रहेको बताईएको छ। उपभोग वृद्धि र घरेलु मागलाई बलियो बनाउने फोकसका साथै मध्यम वर्गलाई राहत दिने उपायहरू पनि बजेटमा समावेश हुन सक्ने बताईएको छ।

    भारतीय संचारमाध्यमहरुका अनुसार बजेटले  नयाँ कर प्रणालीलाई प्रोत्साहन दिन स्ट्यान्डर्ड डिडक्शनलाई ७५,००० बाट १ लाख रुपैयाँसम्म बढाउने, लङ टर्म क्यापिटल गेन (LTCG) को छुट सीमालाई १.२५ लाख बाट २ लाखसम्म बढाउने र स्वास्थ्य बीमामा डिडक्शन बढाउने सम्भावना छ ।

    त्यस्तै एमएसएमईहरूका लागि क्रेडिट ग्यारेन्टी बढाउने, स्टार्टअपहरू र निर्यातकर्ताहरूलाई समर्थन गर्ने योजना, पूर्वाधारमा लगानी, ईभी र चार्जिङ इन्फ्रास्ट्रक्चरमा प्रोत्साहन हुने संभवाना छ।  यी उपायहरूले भारतलाई ‘विकसित भारत’ तर्फ अघि बढाउने र वैश्विक चुनौतीहरूको सामना गर्ने लक्ष्य राखेका छन्।

    निर्मला सीतारमणको रेकर्ड
    निर्मला सीतारमणले ३० मे २०१९ देखि वित्त मन्त्री छिन्। जुलाई २०२५ मा उनले सीडी देशमुख (६ वर्ष २ महिना) लाई उछिनेर भारतीय इतिहासमा लगातार सबैभन्दा लामो समय सेवा गर्ने वित्त मन्त्री बनेकी छिन्। हाल उनको कार्यकाल ६ वर्ष ८ महिना पुगिसकेको छ। यो बजेट उनको लगातार नवौं बजेट हो, जसले लगातार बजेट प्रस्तुत गर्ने रेकर्ड कायम गर्दछ।

    समग्र रूपमा सबैभन्दा बढी बजेट प्रस्तुत गर्ने रेकर्ड भने मोरारजी देसाईको नाममा छ, उनले १० बजेट प्रस्तुत गरेका थिए, ती लगातार थिएनन्। सीतारमण इन्दिरा गान्धीपछि भारतकी दोस्रो महिला वित्त मन्त्री हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार