logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • निपा भाइरसको परिक्षण र उपचारका लागि तयारी अवस्थामा रहन देशभरका स्वास्थ्य संस्थालाई निर्देशन

    निपा भाइरसको परिक्षण र उपचारका लागि तयारी अवस्थामा रहन देशभरका स्वास्थ्य संस्थालाई निर्देशन

    2.4K
    SHARES
    निपा भाइरसको परिक्षण र उपचारका लागि तयारी अवस्थामा रहन देशभरका स्वास्थ्य संस्थालाई निर्देशन

    काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपा भाइरसको परिक्षण र उपचारका लागि तयारी अवस्थामा रहन देशैभरीका स्वास्थ्य संस्था तथा निकायलाई निर्देशन गरेको छ।



    भारतको कोलकत्तामा निपा भाइरस देखिएपछि मन्त्रालयले अस्पताललाई तयारी अवस्थामा बस्न भनेको हो। मन्त्रालयले सबै खाले तयारीमा रहने सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपा भाइरस हालसम्म नेपालमा नदेखिएकाले सावधानी अपनाउन निर्देशन दिएको बताए। ‘भारतमा देखिएकाले नेपाल पनि जोखिममा रहेकाले सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा बस्न भनेका छौँ,’ प्रवक्ता बुढाथोकीले भने।

    उनले निपा भाइरस नेपालमा फैलिएको भनेर हल्ला नफैलाउन पनि आग्रह गरेका छन्। देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराउनुका साथै निपा भाइरसको परीक्षण एल्गोरिदमको तयारी समेत गरिएको उनले बताए।

    मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निपा भाइरसको नमुना संकलन र परीक्षणका लागि अन्तरिक निर्देशिका बनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट