logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • खाना पकाउने ग्यास अभाव हुन नदिन निगमले बढायो आयात परिमाण

    खाना पकाउने ग्यास अभाव हुन नदिन निगमले बढायो आयात परिमाण

    1.7K
    SHARES
    खाना पकाउने ग्यास अभाव हुन नदिन  निगमले बढायो आयात परिमाण

    काठमाण्डौ । नेपाल आयल निगमले पछिल्ला केही दिनदेखि काठमाण्डौ उपत्यकामा देखिएको एलपी ग्यास अभावसम्बन्धी सार्वजनिक गुनासो र सञ्चारमाध्यमका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



    निगमले बजारलाई सामान्य अवस्थामा फर्काउन तत्काल कदम चाल्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपिल गरेको छ । निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेशनबाट देशभरका उद्योगहरूलाई मासिक रूपमा उपलब्ध गराइने एलपी ग्यासको नियमित कोटा ४९,५०० मेट्रिक टन रहेको छ ।

    निगमले माग धान्न पुग्ने परिमाणमा ग्यास आयात भएको दाबी गर्दै विगतका तीन महिनाको आयात विवरण सार्वजनिक गरेको छ  । निगमकाअनुसार नोभेम्बर २०२५ ४७,२६४ मेट्रिक टन ग्यास आयात भएको छ । यसैगरी डिसेम्बर २०२५ मा ४८,५३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७,३०४ मेट्रिक टन आयात भएको छ ।

    निगमले यो परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको भए पनि बजारको हालको अवस्था र आसन्न निर्वाचनलाई समेत मध्यनजर गर्दै उपभोक्तालाई थप सहजता प्रदान गर्नका लागि फेब्रुअरी २०२६ का लागि नियमित कोटामा २ हजार मेट्रिक टन ग्यास थप गरेको जानकारी दिएको छ ।

    थप कोटासहितको ‘बोटलर्स वाइज एलोकेसन’ इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टहरूमा पठाइसकिएको निगमले जनाएको छ । हाल बजारमा ग्यास सिलिन्डरको अभाव केही एकाध उद्योगहरूको हकमा मात्र देखिएको निगमको भनाइ छ ।

    ती उद्योगहरूलाई बजारमा सिलिन्डरको आपूर्ति सहज बनाई बजारलाई तत्काल सामान्यीकरण गर्न निर्देशन दिइएको र केही समयभित्रै आपूर्ति सामान्य हुने जानकारी आम उपभोक्तालाई गराइएको छ ।

    निगमले आम उपभोक्ताहरूलाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र ग्यासको अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गरेको छ ।

    1-प्रेस 2082.10.19_page-0001


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट