logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • डिप्रोक्स लघुवित्तद्धारा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन

    डिप्रोक्स लघुवित्तद्धारा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन

    1K
    SHARES
    डिप्रोक्स लघुवित्तद्धारा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन

    काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्था स्थापना दिवसको अवसरमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोरा÷छोरीहरुलाई नगद पुरस्कार तथा प्रशंसा–पत्र प्रदान गरेको छ ।



    वित्तीय संस्थाका देशभर रहेका १५८ वटै शाखा कार्यालय मार्फत एकैसाथ सञ्चालन गरिएको यस प्रोत्साहन कार्यक्रम अन्तर्गत शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

    पुरस्कृत विद्यार्थीहरुले संस्थाको सहयोगले थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका छन् । शिक्षा क्षेत्रमा लगानी र प्रोत्साहन गर्र्दै आएको डिप्रोक्स लघुवित्तले विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र अध्ययनप्रतिको लगनशीलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

    शिक्षा, वित्तीय समावेशिता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउदै आएको डिप्रोक्सले भविष्यमा पनि यस्ता प्रोत्साहनमुलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट