logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • गार्डियन माइक्रो लाइफले कमायाे १ करोड ३२ लाख नाफा, खुद बीमाशुल्क आर्जन ९८ प्रतिशतले बढ्यो

    गार्डियन माइक्रो लाइफले कमायाे १ करोड ३२ लाख नाफा, खुद बीमाशुल्क आर्जन ९८ प्रतिशतले बढ्यो

    1.2K
    SHARES
    गार्डियन माइक्रो लाइफले कमायाे १ करोड ३२ लाख नाफा, खुद बीमाशुल्क आर्जन ९८ प्रतिशतले बढ्यो

    काठमाण्डाै । चालु आर्थिक वर्षको ६ महिनामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उत्साहजनक सुधार देखिएको छ।



    कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा १ करोड ३२ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १४.४१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पुससम्म कम्पनीले १ करोड १५ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

    अघिल्लो वर्षको तुलनामा यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जनमा ठूलो फड्को मारेको छ। पुस मसान्तसम्म कम्पनीले २३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ११ करोड ८७ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन पनि ११९.१२ प्रतिशतले बढेर २७ करोड ५० लाख ७२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको पुससम्म यस्तो आर्जन १२ करोड ५५ लाख १२ हजार रुपैयाँ मात्र थियो।

    चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषको आकारमा निकै ठूलो वृद्धि देखिएको छ। गत वर्ष पुससम्म ८ करोड ६२ लाख ४२ हजार रुपैयाँ रहेको जीवन बीमा कोष ३५३ प्रतिशत भन्दा बढीले बढेर ३९ करोड १० लाख ४३ हजार रुपैयाँ पुगेको छ।

    ७५ करोड रुपैयाँ शेयर पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ लाख १० हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २ करोड ७६ लाख ८२ हजार रुपैयाँ र अन्य इक्विटीमा २ करोड २ लाख ७ हजार रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (इपीएस) ३ रुपैयाँ ५३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ २३ पैसा रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार