काठमाण्डाै । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से दाेहाेराे अंकले बढेर बन्द भएकाे छ।
हिजो १.६४ अंकले ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक आज २७.१९ अंकले बढेर २७ सय ०८ दशमलव ७० बिन्दुमा रोकिएको छ।
नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि बढेकाे छ। आज ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर ११ अर्बमा ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
हिजाे ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ७ अर्बमा ४९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे ।
२०१ कम्पनीको सेयर मूल्य बबढेकोमा आज आज कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, माेदी इनर्जीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने रिडी वावरकाे सेयर मूल्य ९.९७ र खानिखाेला हाइड्रोपावरको सेयर मूल्य ९.९६ प्रतिशत बढेकाे छ।
अर्थ चाैतारी ।