logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नेशनल इन्स्योरेन्सको नाफा ६ करोड १० लाख, खुद बीमाशुल्क आर्जन २३ करोड ४८ लाख

    नेशनल इन्स्योरेन्सको नाफा ६ करोड १० लाख, खुद बीमाशुल्क आर्जन २३ करोड ४८ लाख

    611
    SHARES
    नेशनल इन्स्योरेन्सको नाफा ६ करोड १० लाख, खुद बीमाशुल्क आर्जन २३ करोड ४८ लाख

    काठमाण्डौ । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।



    चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड ऋणात्मक रहेको छ । अन्य इक्विटीमा ३९ करोड ४६ लाख रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब ४५ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा १ अर्ब ३४ करोड रुपैयाँ ऋणात्मक थियो । अन्य इक्विटीमा ३७ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ करोड ९८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले समीक्षा अवधिमा ६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ४४ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य घटेको छ ।

    समीक्षा वर्षमा कम्पनीले २३ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन सामानय घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २५ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २० करोड ५३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २८ करोड ३५ लाख रुपैयाँ खर्चिएको थियो । यस अवधिमा कम्पनीको सोल्भेन्सी रेसियो १ दशमलव ६७ प्रतिशत रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट