काठमाण्डौ । नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीका उपकप्तान तथा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी पाकिस्तानी क्रिकेट क्लबमा अनुबन्धित भएका छन्।
पाकिस्तान क्रिकेट बोर्डले आयोजना गर्न लागेको पाकिस्तान सुपर लिगका लागि फ्रेञ्चाइज क्लबहरूले खेलाडीको बोलकबोलका क्रममा ऐरीका लागि ६० लाख पाकिस्तानी रूपैयाँ कबोल गरेका हुन् ।
पाकिस्तान क्रिकेट बोर्डका अनुसार, इस्लामाबाद युनाइटेडले ६० लाख पाकिस्तानी रूपैयाँ(करिब ३१ लाख नेपाली रूपैयाँ)मा अनुबन्धित गर्न कबोल गरेको छ।
अर्थ चाैतारी ।