logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्र ५ जनाभन्दा धेरै मानिस भेला हुन निषेध

    अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्र ५ जनाभन्दा धेरै मानिस भेला हुन निषेध

    1.3K
    SHARES
    अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्र ५ जनाभन्दा धेरै मानिस भेला हुन निषेध

    काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटभन्दा भित्रको भागमा निषेधाज्ञा जारी गरेको छ । गोल्डेनगेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडकमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले जनाएको छ ।



    पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाण्डाै फर्किँदा प्रदर्शन आयोजना गरिएसँगै काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र र पार्किङ लगायतका स्थानमा ५ जनाभन्दा धेरै मानिस भेला जम्मा हुन पाइने छैन । सो निषेधाज्ञा आजदेखि १ महिनासम्म जारी रहने जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले जनाएको छ ।

    पूर्वराजा अहिले झापामा छन् । उनी भोलि काठमाण्डाै आउँदा राजावादीहरूले प्रदर्शन गर्न लागेका हुन् । चक्रपथ क्षेत्रमा भने अनुमति लिएर प्रदर्शन गर्न पाइने तर, सार्वजनिक सम्पत्ति तोडफोड गरेमा कारबाही हुने प्रशासनले जनाएको छ ।

    627656367_26131439343188658_1849711188480541055_n


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट