logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • फोटोन बन्यो चीनको अग्रणी कमर्सियल भेहिकल ब्रान्ड

    फोटोन बन्यो चीनको अग्रणी कमर्सियल भेहिकल ब्रान्ड

    702
    SHARES
    फोटोन बन्यो चीनको अग्रणी कमर्सियल भेहिकल ब्रान्ड

    काठमाण्डौ । ‘ड्राइभ टु ग्रेट’ थिमसहित अघि बढेको चिनियाँ कमर्सियल भेहिकल उत्पादक फोटोन मोटरले सन् २०२५ मा ६ लाख ५० हजारभन्दा बढी सवारी साधन बिक्री गर्दै चीनको अग्रणी कमर्सियल भेहिकल ब्रान्डका रूपमा आफ्नो स्थान सुरक्षित राखेको छ ।



    विशेष गरी निर्याततर्फ फोटोनले उल्लेख्य सफलता हासिल गरेको छ। सन् २०२५ मा मात्रै विदेशमा १ लाख ६४ हजार ५ सय भन्दा बढी गाडी बिक्री गर्दै कम्पनीले लगातार १५ औँ वर्षसम्म चीनको नम्बर १ निर्यातकर्ताको ताज जोगाएको छ। हाल विश्वका १४० भन्दा बढी देशमा फोटोनका गाडीहरू गुडिरहेका छन् ।

    यो सफलताको लय सन् २०२६ को सुरुवातमा पनि कायमै देखिएको छ । जनवरी महिनामा मात्रै १५ हजारभन्दा बढी गाडी निर्यात गर्दै कम्पनीले गत वर्षको तुलनामा २०.२ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

    नेपालमा पनि फोटोनले एमएडब्लू वृद्धिमार्फत आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ। विश्व बजारको यो सफलतालाई नेपाली सडकमा उतार्न कम्पनीले भरपर्दा सवारी साधन र सेवा सञ्जाल विस्तारमा जोड दिएको छ । हाल नेपालभर फोटोनका १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू सञ्चालनमा छन् ।

    विद्युतीय सवारीतर्फ पनि फोटोनले नेपालमा ठूलो लगानी गरेको छ। एमएडब्लू वृद्धिले १५६ भन्दा बढी सीसीएस२ टाइपका डीसी फास्ट चार्जरहरू देशभर जडान गरिसकेको छ, जसले गर्दा विद्युतीय कमर्सियल सवारी प्रयोग गर्ने ग्राहकलाई सहज भएको छ । लाइट कमर्सियल भेहिकलदेखि हेभी ड्युटी ट्रक र न्यू इनर्जी सोलुसनसम्मका फोटोनका उत्पादनहरू नेपाली बजारमा छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ६ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट